काठमाण्डौं।नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ।गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ।
प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।आफनी मायालुलाई माया गर्नको लागी गायक निकै आतुर रहेका छन।गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ।प्रेमील युगल जोडि विचको भावनात्मक प्रेमलाई गीतमा देखाउन खोजिएको छ।
दुर्गा पौडेलको छायाँकन,नविन धर्ति मगरको सम्पादन तथा दिपक मान सिंहको निर्देशन भिडियोमा छ।शंकर विसी र करिष्मा ढकालले गीतमा अभिनय तथा नृत्य गरेका छन।
’बनै गुराँस फुल्नाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया