नेपाल चलचित्र कलाकार संघको शोक वक्तव्य

इनेप्लिज २०७८ असोज २८ गते ११:२९ मा प्रकाशित

नेपाल चलचित्र कलाकार संघका सल्लाहकार, अभिनेता, निर्देशक तथा कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डी. सी. का पूजनीय पिता गोविन्दबहादुर दाहालको २०७८ आश्विन २७ गते राति धापासीस्थित आफ्नै निवाशमा असामयिक स्वर्गारोहणले हामी स्तव्ध भएकाछौं ।

स्व. गोविन्दबहादुर दाहाल राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर, इलाम भगवती स्कुलका संस्थापक प्रधानाध्यापक तथा समाजसेवी हुनुहुन्थ्यो । ९१ बर्षीय स्ब गोबिन्दबहादुर दाहालका दुई श्रीमती नीना दाहाल, रनमाया दाहाल तथा सुपुत्रहरू साहित्यकार पुष्प दहाल र विशिष्ट चलचित्रकर्मी एवं सञ्चारकर्मी दिनेश डी. सी. हुनुहुन्छ ।

स्व. गोविन्दबहादुर दाहालको २८ गते पशुपती आर्यघाटमा दाह संस्कार भएकोछ । स्व. दाहाललाई अन्तिम श्रद्धान्जली दिन चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, अभिनेता सन्तोष पन्त, दीपकराज गिरी, गजित विष्ट, मोहन निरौला, विमला के. सी., नरेश पौड्याल, राजेश महर्जन, सूर्य चन्द, अभिनेत्री संचिता लुईटेल, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, सुचित्रा श्रेष्ठ र एमाले नेता सुवासचन्द्र नेम्वाङलगायत चलचित्रकर्मी, साहित्यकार, संचारकर्मीहरू आर्यघाटमा पुग्नु भएको थियो ।

स्व. गोविन्दबहादुर दाहालको दु:खद निधनको खबर पाएपछि संघका अध्यक्ष रविन्द्र खडकाले शोक बक्तव्य जारी गर्दै चलचित्रकर्मीहरूलाई श्रद्धांजली दिनका लागि पशुपति आर्यघाटमा २८ गते १० बजे आउनु हुन अनुरोध गर्नु भएको थियो ।

नेपाल चलचित्र कलाकार संघ स्व. गोविन्दबहादुर दाहालको दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै यस दु:खद घडीमा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता
नेपाल चलचित्र कलाकार संघ (FAAN)

प्रतिक्रिया