ताइवानमा १३ तले भवनमा आगो लाग्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहिबार अक्टोबर १४ का दिन लागेको उक्त आगोको कारण दर्जनौ घाइते भएका छन् । उक्त आगलागी ताइवानको दक्षिणी क्षेत्रमा भएको अधिकारीहरुले जनाएका छन् ।
उक्त व्यापारिक तथा आवासीय भवनमा स्थानीय समय २:५४ मिनेटमा आगोको मुस्लो सुरु भएको ताइवानको आधिकारिक सिएनएले जनाएको छ । उक्त आगलागी यानचेङ्ग जिल्लाको काओसुंग शहरमा भएको हो ।
उद्धार कार्य भै रहेको छ भने ३७७ जना उद्धार टोली त्यहाँ तैनाथ गरिएको छ । काओसुंगका प्रवक्ताका अनुसार कम्तिमा ४१ जना घाइते भएको बताएको समाचार सिएनएनले लेखेको छ ।
त्यहा कम्तिमा १३९ वटा वारुण यन्त्र तथा बिरामी बाहक सवारी साधनहरु तयारी अवस्थामा रहेका छन्। मध्य दिन सम्म कम्तिमा ६२ जना ८ बर्ष देखि ८३ बर्ष सम्मलाई उद्धार गरिएको छ ।
प्रतिक्रिया