नर्वेमा संदिग्ध धनुष र तीर आक्रमणमा धेरै मानिसहरुको मृत्यु

इनेप्लिज २०७८ असोज २७ गते २०:१८ मा प्रकाशित

नर्वेमा संदिग्ध धनुष र तीरको आक्रमणमा परि थुप्रै मानिसहरुको मृत्यु भएको सिएनएनले जनाएको छ ।  नर्वेको कंग्सबर्ग सहरमा भएको आक्रमणमा धेरै मानिसहरु मारिएका छन् र अन्य घाइते भएका छन्।

संदिग्ध आक्रमणकारीले धनुष र तीरको प्रयोग गरिरहेका थिए । नर्वेको दक्षिणपूर्वी प्रहरी जिल्लाका प्रवक्ताले सीएनएनलाई बताए ।

प्रवक्ताले भने कि संदिग्धले गिरफ्तार गर्नु भन्दा पहिले धेरै स्थानहरुमा मानिसहरुलाई आक्रमण गरेका थिए । स्थानीय प्रहरीलाई स्थानीय समय अनुसार साँझ ६:१५ बजे संदिग्धको बारेमा सतर्क गराइएको थियो।

सिएनएनले उक्त घटनालाई आतंकवादीको संलग्न भएको हो कि भन्ने सवालमा अझ सम्म पनि स्पष्ट नभई सकेको जवाफ दिएका थिए । कंग्सबर्ग राजधानी वस्लो भन्दा ५३ मिल पश्चिममा रहेको छ ।

 

प्रतिक्रिया