बैंकको रु २१ लाख ७० हजार लुटमा सलग्न एक नेपाली सहित तीन जना पकाउ

इनेप्लिज २०७८ असोज २७ गते १५:०१ मा प्रकाशित


विराटनगरर,२७ असोज।मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा असोज २५ गते अपरान्ह ३ः४५ बजे रु २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भै पक्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ श्याम मुखिया, भारत अररिया सेखपुरा –५ का २८ वर्षिय सुनिल यादव र भारत अररिया गाराहा –४ का ३० बर्षिय बिजय सहनी (गोली लागी घाइते)लाई सार्वजनिक गरिएको छ।

निजहरुले लृुटपाट पछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको वीचमा राखि भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान –२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा पक्राउ गरेको हो।

यादव भारत फरार भैसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनःमोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो।

उक्त्त लुटपाटमा नौ जना संलग्न रहेकोमा सात जना बैंकमा प्रवेश गरेका,एक जना वाहिर बसेको र अन्य एक जना नदेखिने पाराले वसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनु भयो।

लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशंका गरिएको र चाँडै प्रकाउ गरि सार्वजनिक गर्ने उहाँले बताउनु भयो।

निजहरुले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी उक्त लुटपाट कार्य गरेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनु भयो।

उक्त लुटपाट घटनाको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड सितल कुमाल गोली लागी भइ विराटनगरको एक निजी अस्पतालमा उपचार भैरहेको छ।

निजहरुको साथबाट कटुवा पेस्तोल एक थान( एक राउण्ड लोडेड गोली सहित), सानो मोवाईल एक थान,पेस्तोल नपड्किएको राउण्ड थान एक,खोका एक वरामद गरिएको छ।

बैंकले प्रारम्भिक रुपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखित रुपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

मुख्य योजनाकारका रुपमा रहेका मुखिया होजियारी उद्योग संचालन गर्ने गरेको र चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी रहेका हुन।

निजहरु उपर हातहियार खरखजना,डकैती,संगठित अपराध तथा ज्यानमार्ने उद्योग गरी चारबटा मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया