लघुकथा -फेसबुक साथी

अरुणबहादुर खत्री “नदी” २०७८ असोज २६ गते ९:५८ मा प्रकाशित

 

मिडियाप्रेमी रामकुमारले कहिले रेडियो नेपालमा कहिले रेडियो कान्तिपुरमा कहिले रेडियो सिटीमा बेला बेलामा विभिन्न कार्यक्रममा फोन गर्ने गर्दथ्यो।त्यस्तै आशिषकुमारले पनि रेडियोमा बेला बेलामा फोन गरेर सहभागिता जनाउदथ्यो।

दुबै जनाले फेसबुक पनि खोलेका थिए।आशिषकुमारले रामकुमारलाई फेसबुकमा साथी बनाउन फ्रेन्ड रिक्वेस्ट गर्यो।रामकुमारले उसको फ्रेन्ड रिक्वेस्टलाई स्वीकार गर्यो र दुबैजना फेसबुकमा साथी बने।

फेसबुकको मेसेन्जरबाट बेला बेलामा उनीहरु बीच कुराकानी पनि हुने गर्दथ्यो। एकदिन रेडियो कान्तिपुरमा रामकुमारले बोलेको सुन्ने बित्तिकै आशिषकुमारले आज तपाईको फोन लाग्यो नि कान्तिपुर एफ.एम. मा भनेर मेसेन्जरमा लेखेर पठायो। रामकुमारले “मलाई किन जानकारी गराउनु हुन्छ आशिषजी बुझ्न सकिन मलाई थाहा छ तपाई सुनिरहनु भएको छ तपाईलाई पनि थाहा छ म पनि सुनिरहेको हुन्छु भनेर आयन्दा यस्तो जानकारी नगराउनु होला” भनेर जवाफ पठायो।

रामकुमारले आशिषकुमारलाई फेसबुकको साथीबाट आउट गरेर बाहिर निकाल्यो। आशिषकुमारलाई अचम्मै लाग्यो।आशिषकुमारले यसबारेमा रेडियोमा फोन गरेर सहभागी हुने अरु साथीहरुसंग पनि भन्यो।सबैजना छक्कै परे।रेडियोमा फोन गरेर सहभागी हुनेहरु सबैले रामकुमारलाई सम्झेर सन्देश दिन छाडे।त्यसपछि रामकुमार आजकल मलाई कसैले पनि सन्देश दिदैनन् किन होला रहेछ भन्यो र रेडियोप्रेमी मानबहादुरलाई फोन गर्यो मानबहादुरले “म तपाईलाई एउटा कुरा भन्छु रिसाउदा चाहि नरिसाउनु होला नि भन्यो र तपाईले आशिषकुमारलाई फेसबुकको फ्रेन्डबाट आउट गर्नु भएछ नि आशिषकुमारले साह्रै चित्त दुखायो नि” भन्यो।

यही कारणले गर्दा मलाई रेडियोमा फोन गर्ने साथीहरुले सम्झन छाडेका रहेछन् भनेर रामकुमारले थाहा पायो र पछुतायो।

-अरुणबहादुर खत्री “नदी

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

 

प्रतिक्रिया