इराकी सेनाले आईएसआईएसका वित्त प्रमुखलाई नियन्त्रणमा लिएको इराकका प्रधानमन्त्रीले बताएका छन् ।
इराकी सेनाले इस्लामिक स्टेट (आइएस) का पूर्व नेता अबु बकर अल-बगदादीका सहायक सामी जसिमलाई नियन्त्रणमा लिएको इराकका प्रधानमन्त्रीले सोमबार एक वक्तव्य जारी गर्दै बताए ।
प्रधानमन्त्री मुस्तफा अल-कादिमीले अपरेशन(कार्य प्रणाली)को विवरण खुलाएनन्, तर सामाजिक संजाल ट्विटरमा प्रकाशित गरेको बक्तब्यमा उनले भने कि जसिम इराक बाहिर हिरासतमा थिए। उनले जसिमको गिरफ्तारीको स्थान वा मिति नखुलाएको सिएनएनले समाचार छापेको छ ।
“जबकि हाम्रा (इराकी सुरक्षा बल) नायकहरु चुनाव सुरक्षित गर्नमा केन्द्रित थिए, उनीहरुका(इराकी राष्ट्रिय जासुस सेवा)का सहकर्मीहरु सामी जसिम, जो ड्याएस वित्तको जिम्मामा थिए । र अबु बकर अल बग्दादीका एक उपलाई कब्जा गर्नको लागी एक जटिल बाह्य कार्यविधि (अपरेशन) संचालन गर्दै थिए भनि “अल-काधिमीले भने।
जसिम, जसलाई “अबु अस्या” पनि भनिन्छ, २०१५ देखि अल-बगदादीको नेतृत्वमा रहेको आतंकवादी समूहको वित्तीय पर्यवेक्षकको रूपमा सेवा गरेका थिए भनि इराकी सुरक्षा विशेषज्ञ फदेल अबु रेगीफले बताए ।
प्रतिक्रिया