विराटनगर,२५ असोज ।मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाइ फरार रहेकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनु भयो।
गोली लागी घाइते भएका गार्डका अस्पतालमा उपचार भैरहेको छ।यस सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया