विराटनगर,२५ असोज।प्रदेश नं १ का विपक्षी गठवन्धन आवद्ध दलहरुले प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत नलिएकोमा असंवैधानिक कार्य गरेकोमा विरोध गरेका छन्।
गठवन्धन दलका नेताहरुको आज बसेको बैठकले नेपालको संविधानको धारा १८८(२) वमोजिम प्रदेश सरकारले दल विभजन पछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने स्पष्ट प्रावधान हुँदाहुदै असंवैधानिक कार्य गरेको आरोप लगाएका छन्।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णु तुम्बाहाम्फे,जनता समाजवादी पार्टी नेपालका जयराम यादव,नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई,नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो,नेपाली काँगे्रसका राजिव कोइराद्वारा हस्ताक्षरित विज्ञप्तिमा सभामुखबाट असोज २५ गते बोलाइसकेको प्रदेश सभा बैठकको मिति परिवर्तन गरी सूचना टाँस्नु आश्चर्यजनक र सरकारको असंवैधानिक कदमको सारथी भएको भएको प्रष्ट हुन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तै विज्ञप्तिमा अल्पमतमा रहेको सरकारले गरेको राजनैतिक ,कर्मचारी नियुक्त तथा सरुवा वढुवा र कार्यकर्ता लक्षित एकमुष्ट बजेट वाँडफाँड,दीर्घकालिन आर्थिक भारपर्ने कार्यहरु गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
संयुक्त विज्ञप्तिमा वर्तमान प्रदेश रकारले गर्ने कुनै पनि निर्णय तथा कार्यान्वयन प्रक्रियामा सहभागी एवं संलग्न नहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा अनुरोध गर्दै विजया दशमी, दिपावली,नेपाल समवत् तथा छैठ पर्वको सम्पूर्ण प्रदेशबासीमा शुभकामना व्यक्त गरिएको छ।
प्रतिक्रिया