विराटनगर,२५ असोज।प्रदेश नं १ मन्त्रिपरिषदको बैठकले प्रदेश पर्यटन वोर्डको गठन गरि ११ सदस्यीय कार्य समितिका सदस्यहरुको नियुक्ति गरेको छ।
मुख्यमन्त्री तथा परिषदको कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ।
यसैगरी सदस्यहरुमा अर्थ मन्त्रालयको अधिकृत,मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कार्यालयका प्रनिनिधि,पर्यटन शाखाका प्रमुख ,उद्योग,पर्यटन क्षेत्रका फणिन्द्र अधिकारी(विराटनगर),देवी गौतम(सुनसरी,भीमराज राई(सोलु),उमेश घिमिरे(धनकुटा),प्रेरणा थापा(इटहरी) र इन्दिरा श्रेष्ठ( विर्तामोर्ड)लाई नियुक्ति गर्ने निर्णय गरेको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारीले जानकारी दिनु भयो।
यस्तै बैठकले खुपु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार लगानी गर्ने निर्णय गरेको हो।
वैठकले प्रदेश खेलकूद विकास बोर्डको उपाध्यक्षमा बावा मेयाङ्वो(पाँचथर) सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यहरुमा भेषराज कार्की(सुनसरी, विल्भष घोष(सुनसरी,थलु राजभण्डारी(ओखलढुंगा)लाई नियुक्ति गरेको छ।
यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा),सदस्यहरुमा घीम घिमिरे(विराटनगर),सरोज श्रेष्ठ(धरान),सीमा उपाध्याया (मोरङ),रञ्जु सिग्देल(इटहरी),किशोर धमला(विराटनगर),अरुण थापा(विराटनगर),नारायणबाबु कार्की(मोरङ),सुनिता घिमिरे(मोरङ),टीका प्रसाई (सुनसरी),निलम साह सोनार(मोरङ)नियुक्ति गरेको मन्त्री तिवारीले जानकारी दिनु भयो।
प्रतिक्रिया