प्रदेश सभा वैठकको मिति परिवर्तन –बैठक कात्तिक ५ गते

इनेप्लिज २०७८ असोज २४ गते १३:३९ मा प्रकाशित

विराटनगर,२४ असोज।प्रदेश नं १ प्रदेश सभाका नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठकको मिति परिवर्तन गरिएको छ।

यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो।भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आउँदो कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनु भयो।

प्रदेश सभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त वैठक विशेष कारणले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उप नियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाउनु भएको छ।

बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशनुसार सम्पूर्ण प्रदेश सभाका सदस्यहरुलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया