लघुकथा- गुरुपूर्णिमा

अरुणबहादुर खत्री “नदी” २०७८ असोज २४ गते ४:१७ मा प्रकाशित

गुरुपूर्णिमाको दिनमा सरकारी विद्यालयमा गणित विषय पढाउने निर्मला मिसलाई प्रत्येक विद्यार्थीहरुले पाँच पाँचसय रुपैँया उठाएर सयपत्री फूलको माला दोसल्ला अबिर किनेर सम्मान गर्दै लगाइदिए।मिठाई पसलबाट खाने मिठाई पनि किनेर मुखमा खुवाइदिए।

स्कुलबाट घर पुग्नेबित्तिकै निर्मला मिसको छोरीले “ममी हजुरले आज मिठाई मलाई खान किनेर ल्याउनु भएको हो ?” भनिन्।“होइन छोरी आज मेरा विद्यार्थीहरुले गुरुपूर्णिमाको दिन भएर मलाई सम्मान गरेर मिठाइ खुवाएका हुन् नि” भनिन्।“त्यसो भए ममी म पनि धेरै मेहनत गरेर राम्रोसंग पढेर भविष्यमा हजुर जस्तै स्कुलमा पढाउछु मिस बन्छु हुन्छ” छोरीले भनिन्।“हुन्छ छोरी तिम्रो पनि म जस्तै मिस बन्ने इच्छा छ भने मिस बनेर विद्यार्थीहरुलाई राम्रोसंग पढाउनु नि” भनिन्।

– अरुणबहादुर खत्री “नदी

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

प्रतिक्रिया