लघुकथा-शिक्षक

अरुणबहादुर खत्री “नदी” २०७८ असोज २४ गते १:४७ मा प्रकाशित

 

रमेशलाई उसको बुबाले एउटा सरकारी विद्यालयमा भर्ना गरिदिनु भयो।रमेश सरकारी विद्यालयमा राम्ररी पढ्न थाल्यो।उसलाई सबै सरमिसहरुले निकै मन पराउनु हुन्थ्यो।एकदिन उसको बुबाले उसलाई “छोरा तिमी राम्ररी पढ्दै गएर भविष्यमा के बन्छौ नि” भन्नुभयो।“म त भविष्यमा सरकारी स्कुलमा पढाउछु र शिक्षक बन्छु बुबा” रमेशले भन्यो।

“तिमीलाई शिक्षक बन्न किन मन लाग्यो छोरा ?” उसको बुबाले भन्नु भयो। “शिक्षक भए भने मलाई मैले पढाएका सबै विद्यार्थीहरुले भेट्दा नमस्कार गर्छन् नि बुबा म ठूलो मान्छे बन्न पाउछु नि बुबा हजुरलाई त्यति पनि थाहा छैन” रमेशले भन्यो।रमेशको कुरा सुनेर उसको बुबा साह्रै खुसी हुनुभयो।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं

प्रतिक्रिया