मित्रसहित सात सञ्चारकर्मीलाई शिक्षा सम्मान

इनेप्लिज २०७८ असोज २३ गते १३:५७ मा प्रकाशित

रौतहट,प्रतीक दैनिकका स्तम्भकार सञ्जय साह मित्र सहित सात सञ्चारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।नेपाली र बज्जिका भाषामा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका रौतहटका दुई र शिक्षा क्षेत्रमा योगदान दिएका सर्लाहीका पाँच गरी सात सञ्चारकर्मीलाई सर्लाहीको गोडैता नगरपालिका ५ रामवनमा एक समारोहबीच प्रदेश २ का महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले शिक्षा सम्मान २०७८ बाट सम्मानित गरेका हुन्।

रामवनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमको अवसरमा सर्लाहीका टंक क्षेत्री, राधेश्याम कुशवाहा,विश्वनाथ ठाकुर,सन्तोष सिंह र वन्दना झालाई सम्मानित गरिएको हो।यसै गरी बज्जिका भाषाको पत्रकारितामार्फत शिक्षा क्षेत्रमा योगदान दिएका रौतहटका सञ्जय साह मित्र र राजुकुमार श्रीवास्तवलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको हो।

गोडैता नगरपालिकामा शिक्षण सेवाबाट निवृत्त भएका जयनारायण महतो,नन्दलाल महतो,सुरेन्द्र झा,रामएकबाल महतो,काशी मिश्र,किशुन महतो,राजकिशोर झा, वीणा सिंह,शिवाकान्त झा,जियालाल राय,राजेन्द्र ठाकुर,सत्यलाल राय,श्री महतोलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ।कार्यक्रममा विद्यालयका शिक्षकहरुलाई पनि मन्त्री सिंहले सम्मानित गरेका छन्।

शिक्षाको क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको प्रशंसा गर्दै मन्त्री सिंहले प्रदेश सरकारको तर्फबाट विद्यालयलाई सकेको सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यसै गरी कार्यक्रममा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहा,गौडैता नगर प्रमुख देवेन्द्रप्रसाद यादव, बरहथवा नगर प्रमुख देवानन्द महतो, धनकौल गाउँपालिका अध्यक्ष रामअश्रे साह,शिक्षा विकास समन्वय इकाई सर्लाही प्रमुख रामअधार सिंह कुशवाहा तथा विद्यालयका संस्थापक एवम् बज्जिका अभियन्ता रामचन्द्र महतो कुशवाहाले मन्तव्य राख्दै छोटो समयमा विद्यालयले गरेको प्रगति जिल्लाको लागि उदाहरणीय रहेको भन्दै सम्भव भएसम्म सहयोग गर्ने बताएका छन्।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमोहन सिंहले गरेका थिए।

जिल्लाको एउटा उदाहरणीय विद्यालयको रुपमा स्थापित भइसकेको श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयले राम्रो काम गरेवापत अनेकौँ प्रशंसापत्रहरु प्राप्त गरिसकेको छ।

प्रतिक्रिया