अभिनेत्री आशा पौडेल एक दशकपछि पिरती बस्यो गीतको भिडियोबाट अभिनयमा आईन

इनेप्लिज २०७८ असोज २२ गते १०:२९ मा प्रकाशित


काठमाडौं,२२ असोज-चलचित्र जन्म जन्मको पिरती बस्यो…गीत एक साता निकै लोकप्रिय थियो।त्यो गीतलाई अहिले पनि त्यत्तिकै रुचाईन्छ।भारतीय गायिका साधना सगरगमले गाएको यो गीतलाई यतीबेला फेरी अन्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याईएको छ।सितल नेपालले लेखेको यो गीतमा शुभ बहादुर सुनामले संगीत गरेका हुन्।

पुरानै म्युजिक र एरेन्जमा अहिले यो गीतलाई अन्जु पन्तको स्वरमा रेकर्ड गरिएको हो।अन्जु पन्तको स्वरमा तयार गरिएको यो गीतको भिडियो यतीबेला रिलिज गरिएको छ।गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले अभिनय गरेका छन्।

विभिन्न चलचित्रमा अभिनय गरेकी अभिनेत्री आशा एकदशकपछि फेरी अभिनयमा फर्किएकी छिन्।आफुलाई यो गीत त्यतिबेला देखि साह्रै मन परेको र यो गीतको भिडियोमा मोडलिङ गर्ने प्रस्ताव आएकाले आफु पुन अभिनयमा यो गीतको भिडियोबाट फर्किएको उनले बताएकी छिन्।

‘अरु पनि तीन वटा भिडियोमा अभिनय गरिरहेको छु।दर्शकको चाहना अनुसार चाँडै नै चलचित्रमा नायिकाको रुपमा पनि प्रस्तुत हुने तयारीमा छु।’ आशाले यो गीतको भिडियो रिलिजको क्रममा भनिन्।

नजिकिँदै गरेको दशैंको अबसर पारेर यो गीतको भिडियो रिलिज गरेको पनि आशााले बताएकी छिन्।अभिनेता यसरालले एक दशक पछि फर्किएकी आशासँग भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएका छन्।

यो भिडियोलाई कोरियोग्राफी तथा निर्देशन केशब राज भट्टले गरेका हुन्।जसमा सौरभ लामाको छायाँकन र दिनशन शाहको सम्पादन रहेको छ।गीतको भिडियोलाई आई क्याच स्टुडियोको अफिसियल च्यानलबाट रिलिज गरिएको छ।भिडियोको क्रियटिभ निर्देशक कृष्ण रुपाखेती हुन।

https://www.youtube.com/watch?v=nGi0GZ9Dw5w

प्रतिक्रिया