मुख्यमन्त्री आचार्य सचिवालयद्वारा समाचारको खण्डन

इनेप्लिज २०७८ असोज २१ गते २१:५१ मा प्रकाशित

 

विराटनगर,२१ असोज।प्रदेश नं १ का मुख्यमन्त्रीलाई जोडेर दृष्टि न्यूजमा प्रकाशित गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकिय सचिव लोकेश निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारिताको आदर्श,मूल्य मान्यतालाई विर्सिएर तल्लोस्तरमा शब्द प्रयोग गरी काल्पनिक कुरा बनाएर गरिएका टिप्पणीले बर्षौ देखि नाम कमाएको साप्ताहिकको गरिमा मात्र घटाएको छैन यसले पत्रकारिताको न्यूनतम मूल्य मान्यताको पनि खिल्ली समेत उडाएको उल्लेख गरिएको छ।

नेपालको संविधान २०७२ अनुसार मुख्यमन्त्री बनेको व्यक्तिले सरकार गठन पछि विश्वासको मत लिने कुरा संविधानले व्यवस्था गरेको बिषय हो र समय आएपछि यो प्रकृया शुरु हुन्छ र बिश्वासको मत लिने लिने काम हुन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ।

व्यक्तिगत चरित्र हत्या गर्ने कुत्सीत मनसायले गरिएको टिप्पणीमा तथ्यहिन ,कपोलकल्पिक,भ्रमपूर्ण कुरा लेखिएको विज्ञप्तिमा उल्लेख गर्दै विकृत मानसिकता मात्र होइन हिनतावोधवाट ग्रसित भई गरिएको टिप्पणीमा कुनै सत्यता नभएको प्रष्ट पार्नु चाहन्छौं उल्लेख गरिएको छ।

टिकट लिने दिने विषयमा भ्रम फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा ल्याइएको विषय आधारहित र तथ्यहिन रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा झण्डै आधा शताव्दीसम्म त्याग,समर्पण र निष्ठाको राजनीति गरेको व्यक्तिले टिकट लिदा पैसा लिएको भन्ने भनाई भ्रमपूर्ण,तथ्यहिन,इश्यापूर्ण र हिनताबोधबाट ग्रसित भनाई वाहेक केही होइन भन्दै यस्ता कुत्सीत कुरा प्रमाणित गर्न चुनौती दिन्छौ उल्लेख गरिएको छ।

यस्ता अप्रमाणित भनाईको पछि नलाग्न सवैमा हार्दिक आग्रह गर्दै यस समाचार उल्लेख गरिएका सम्पूर्ण कुराहरु भ्रामक र गलत भएकोले पूर्ण रुपमा खारेज गर्दछौ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया