आयो दशैं !

इनेप्लिज २०७८ असोज २१ गते १०:३० मा प्रकाशित

 


हिन्दु धर्मावलम्वीहरुको महान पर्व विजया दशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत सार्बजनिक भएको छ।गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो। विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह,उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ।वरिष्ठ रंगपत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन् भने राजेन्द्र वजगाईको संगीत संयोजन रहेको छ।

निकै आकर्षक रुपमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केशव राज भट्टको निर्देशन,मुकेश हुमागाईँको छायाँकन,विनोद वमको सम्पादन तथा रंगसंयोजन रहेको छ भने अभिनेता श्रीदेव भट्टराई,दीपाशा वि.सी,सन्तोष के.सी तथा झरना परियारको अभिनय रहेको छ।छायांछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन्।

प्रतिक्रिया