विराटनगर,२१ असोज।प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले नेपालीहरूको महान चाँड वडा दशैं –२०७८ को अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आज शुभकामना दिनु भएको छ।
मुख्यमन्त्री आचार्यले आज एक शुभकामना सन्देश जारी गर्दै दशैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता,आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गर्नु भएको छ।
उहाँले सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको छ भन्दैं यसबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्नु भएको छ।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अवलम्वन गरेर मात्र चाँड पर्व मनाउन सबैलाई अनुरोध गर्दछु।’ मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गर्नु भएको छ।
महान पर्व दशंैले भिन्न भिन्न जातजाति,भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता,सामाजिक सद्भाव,आपसी भातृत्व कायम गर्न सकोस उहाँले शुभकामनामा व्यक्त्त गर्नु भएको छ।
प्रतिक्रिया