आयुस्मान बिस्ट संगीत क्षेत्रको उदाउँदो नाम हो । आमा पुस्पान्जली थापा र पिता बिशाल बिस्टका छोरा आयुस्मानको जन्म बि स २०६१ मसिर १७ गते काठमाडौमा भएको थियो।
आइडल मोड्ल स्कुल धोबिघाटमा कक्षा १२ अध्यानरत उनले एस इ इ जेम्स स्कुल धापा खेलबाट गरेका हुन।सन २०१८ मा “मेरो कलिलो मन” साङितिक कोसेलीबाट आफ्नु संगीतको यात्रालाई औपचारिकता दिएका उनको यो यात्राको क्रममा धेरै नै साङिगितिक यात्राहरु भएका छन।वरिष्ठ गायक जगत मर्दन थापाको “माया लुकाइ लुक्दैन “एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुप देखापरे।सुभारम्भ द म्युजिकल जर्नीले गोपाल योन्जनको जन्म ७४औ जयन्तीको अवसरमा बिस २०७३सालमा आयोजना गरेको कार्यक्रममा “बनेको छ पहराले यो छाती मेरो” बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए।सोही म्युजिकल जर्नीको बिस २०७४को कार्यक्रममा चेतन कार्कीको कान्छी हे कान्छी गीतमा वान्स मोर प्रस्तुति दिएर आफुलाइ दर्शक माझ अब्बल गायनमा साबित गर्ने मौका छोपेका थिए।
२८ औ बालदिवसको अवसरमा फ्रेन्ड्स अफ लाजिम्पाटद्वारा आयोजित कार्यक्रममा सुन्दर प्रस्तुति दिएका उन्को चर्चा मज्जाले फैलिन सुरु भै सकेको थियो।त्यस पछि लगातार गोपाल योन्जनको ७६ औ जन्म जयन्तीमा आफ्नु प्रस्तुति दिए सो प्रस्तुतिमा” येति मीठो येति चोखो” बोलको गीत गाएर बेग्लै उपस्तिथि जनाएका उन्को यात्रा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर हुन थाल्यो।फ्रेन्डस अफ लाजिम्पाटद्वारा आयोजित टु लेजेन्ड अन वा स्टेज नविन के भट्टराई र दिपेस किसोर भट्टराईको कार्यक्रम गायकी प्रस्तुति गरि प्रशंसा बटुल्न सफल भए।त्यस पछि पनि बरिष्ठ गायक जगत मर्दन थापाको “म मक्किएको धुरी खाबो”गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भए भर्खरै ओम बिक्रम बिस्टको “म मौनतामा अल्झी रहेछु” बोलको सुपर हिट गीतको कभर गाएका छन जुन निकै चर्चामा छ।। भारत,चिन,दुबई ,मलेसिया,सिङ्गापुर भ्रमण गरेका उन्को साङिगतिक यात्रा छोटो समयमा निकै नै चर्चाको शिखरमा पुग्यो।”मेरो कलिलो मन ” साङ्गितिक कोसेली दिइ सकेका आयुस्मान चङ्गा उडान सघ द्वारा आयोजित कार्यक्रममा सहभागी भै कान्तिपुर दैनिक पत्रिकाको कभरमा पनि छाइसकेका उनी आफ्नो संगीत यात्रा नै आफ्नु सोख रहेको यसै क्षेत्रमा योगदान दिने बाद्द्बादनमा आफुलाइ अब्बल राख्दै खेलकुद र अध्ययनमा पनि उत्तिकै लगाब रहेको छ।उन्को संगीतलाई नजिकबाट नियाल्नेहरु आयुस्मान भविष्यका साङितिक क्षेत्रका एउटा सफल ब्यक्ती हुने बताउछन।
अलिसा अधिकारी
आरएनआर ग्रुप्स युएस -एल एल सि (RnR Groups US-LLC)
प्रतिक्रिया