गजल

मित्र उराठी गौतम,अमरपुर गुल्मी हालः बुटवल २०७८ असोज १७ गते १७:४८ मा प्रकाशित

आमा जस्तै कहाँ हुन्छिन् र सानीमा।
जीवनी अडेको हुन्छ एक थोपा पानीमा।।
अरुलाई मुटुमा बास दियो भनि रुष्ट छ्यौ।
गहिरो सँग हेर तिम्रै तस्विर छ मेरो नानीमा।।
वुझ्नै सकिनौ तिमीले अनेक दोष लगाइरह्यौ।
रात भर कसरी भिज्छ आँशुले,हेर सिरानीमा ??
अझ केहि बिग्रेको छैन जुट्न फेरी सकिन्छ।
थोरै मात्र परिवर्तन गर्यौ भने तिम्रो बानिमा।।
कति हण्डर,ठक्कर खाइयो यही उमेरमा ?
अझ के के देख्नु,भोग्नु छ जिन्दगानीमा ??

मित्र उराठी गौतम,अमरपुर गुल्मी हालः बुटवल

 

प्रतिक्रिया