सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट रासस कार्यालय निरीक्षण

इनेप्लिज २०७८ असोज १७ गते १७:३७ मा प्रकाशित

विराटनगर,१७ असोज।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप सचिवद्वय मुकुन्द शर्मा र श्रीधर ज्ञवालीले राष्ट्रिय समाचार समिति(रासस)प्रदेश नं १ को कार्यालय विराटनगरको आज निरीक्षण एवं अवलोलन गर्नु भयो।

सो अवसरमा उहाँहरुले कार्यालय भवन,समाचार कक्ष एवं सङ्घ,प्रदेश तथा स्थानीय सरकारले गरेका विकास निर्माण लगायत अन्य समाचार सम्वन्धमा जानकारी लिनु भयो।

सचिवद्वयले कार्यालयको जानकारी लिदै प्रशन्नता पनि व्यक्त्त गर्दै राससको उन्नति प्रगतिमा मन्त्रालयबाट हुने सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

सो अवसरमा रासस प्रदेश नं १ कार्यालय प्रमुख मोहम्मद सदरुलले राससका गतिविधि,भौतिक सम्पत्ति र समाचारका विविध पक्षमा जानकारी गराउनु भएको थियो।

उहाँहरुलाई प्रदेश प्रमुख सदरुलले रासस प्रदेश कार्यालयका लागि तत्काल आवश्यक पर्ने सहयोगको लिखित पत्र हस्तान्तरण गराउनु भयो।

प्रतिक्रिया