छानु चुहिएकै दिन रहेछ खर सम्झिने
प्राय सबै गर्छन् दुखमा ईश्वर सम्झिने
बगरमा नटेकी पुगिँदैन नदीको किनार
कोही हुन्न तटमा पुगेपछि बगर सम्झिने
होश हराउन भनी नशामा डुब्नेहरूलाई
कहाँ चेत हुन्छ भोलिको असर सम्झिने
त्यही ढुङ्गा पुजिन्छ मन्दिर पुर्याएपछि
नत्र को हुन्छ र भुइँको पत्थर सम्झिने
कुनै नाम यति पीडादायक हुँदो रहेछ
हिम्मत समेत हुँदैन त्यो नजर सम्झिने
अभावमा पिल्सिएका ती बस्तीहरूमा
खै कहिले आउला दिन रहर सम्झिने
-युवराज भण्डारी
डुम्रीबेँसी,तनहुँ
हाल:क्यानडा
प्रतिक्रिया