मनोज दाहाल,विराटनगर,१५ असोज।नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत मोरङको गाउँ÷नगर अधिवेशनका लागि आज यहाँ मनोनयन दर्ता कार्य सम्पन्न भएको छ।
विराटनगर महानगरपालिकाको सभापतिमा चार जनाले मनोनयन दर्ता गर्नु भएको छ। महानगरपालिकाको सभापतिमा दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले मनोनयन दर्ता गराउनु भएको छ। विराटनगरमा हुने पार्टीको निर्वाचनमा ६८१ जनाले मतदान गर्ने छन् ।यसैगरी दुई उपसभापतिमा धनराज गुरुङ,इन्दु सुवेदी (खतिवडा),निरज कोइराला,दीपेन्द्रकुमार स्वर्णकार र प्रवीण जोशीले मनोनयन दर्ता गराएका छन्।
दुई सचिवका लागि सुजन दाहाल,तेजिन्द्र भट्टराई,झुमा निरौला (गौतम) र पेशल ढुंगेल गरी चार जनाको उम्मेदवारी परेको छ।यस्तै दुई सहसचिव पदका लागि दिवस नेपाल,गिरिशकुमार कोइराला,अश्विन कार्की, मुनाजिर हुसेन, सचिन पोखरेल र शिवप्रसाद पराजुली गरेर छ जनाले मनोनयन दर्ता गराएका छन् ।
मोरङको कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिमा मनोनयन दर्ता गराउनु भएको छ भने बुढीगंगामा जीतबहादुर थापा र रेवतीनारायण चौधरीले सभापतिमा मनोनयन दर्ता गराएका छन्।रंगेली नगरपालिकामा सभापतिमा जीतनारायण खवास र जगनाथ मण्डलले मनोनयन दर्ता गराएका छन् छन् भने सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी,कमलकिशोर सिंह बैजनाथ झाले सभापति पदमा मनोनयन गर्नु भएको छ।
यसैगरी रतुवामाईको सभापतिमा कनौयालाल राजवंशी र पोष्टबहादुर बस्नेतले मनोनयन दर्ता गराउनु भएको छ भने सुन्दरहरैचामा महेन्द्र धिमाल र भक्त्ति सिटौलाले सभापतिमा मनोनयन दर्ता परेको छ।बेलबारीको सभापतिमा छत्र लिम्बु र शम्भु भट्टराईले मनोनयन गरेका छन् भने पथरीशनिश्चरेको सभापतिमा इश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ।
धनपालथानमा सभापतिबाहेक अन्य पदाधिकारीहरुमा सर्वसम्मत भएका छन् भने सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायको उम्मेदवारी दर्ता भएको छ । यस्तै मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेतले सभापतिमा मनोनयन दर्ता गराउनु भएको छ अन्य सबै पदमा सर्वसम्मत भएको छ।उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्।उर्लाबारीमा सुरेन्द्र लिम्बु सहित (सचिव बाहेक) सबै पदमा सर्वसम्मत भएको छ।केराबारीमा प्रकाश वस्नेत सभापति सहित सबै पदमा सर्वसम्मत भएको छ भने जदहामा महेन्द्र मण्डल सहित सबै पदाधिकारीहरुमा सर्वसम्मत भएको छ।
पालिकाको निर्वाचिनका लागि भोलि(शनिबार) बिहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिनु भयो।पार्टीको विधान अनुसार प्रत्येक पालिकामा सभापति एक, उपसभापति दुई,सचिव दुई र सहसचिव दुई जना निर्वाचित हुने छन्। कोषाध्यक्षलाई निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान छ।
-मनोज दाहाल
पत्रकार
प्रतिक्रिया