सांसदहरु र नेताहरूलाई हिम्मत छ मुलुक चलाउन मलाई जिम्मा देऊ एक वर्षमा कायापलट !

राकेश कुमार शर्मा २०७८ असोज १५ गते १०:४३ मा प्रकाशित

मुलुकको राज्यकोष ढुकुटीबाट मुलुक चल्ने हो घरको एक सुको खर्च गर्नुपर्दैन।सांसद र नेताहरूलाई हिम्मत छ मुलुक चलाउन मलाई जिम्मा देऊ म एक वर्षमा कायापलट गरिदिन्छु म संग मुलुकको विकासको लागि दुरदर्शि योजनाहरु छन।

मलाई आफन्तवाद र नातावाद भनी रहनुपर्ने आवश्यकता पर्दैन।मेरा आसेपासे हरु पनि छैनन।मलाई भ्रष्टाचार गर्नुपर्दैन।जस्तो सुकै परिस्थितिमा पनि रमाउन सक्ने सामना गर्न सक्ने आँट,हिम्मत र क्षमता म मा छ।

विक्रम सम्वत २०६२/०६३ सालपछि सांसद र नेताहरूबाट मुलुकले पाउनुपर्ने निकास पाएको खोइ ? मुलुकमा प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र,संघीयता,सुकुम्बासी, जात-भात,धर्म,मधेसी,पहाडी,अधिकार र संविधानको नाममा के.पी. शर्मा ओली,माधव कुमार नेपाल,बामदेव गौतम,विष्णु पौडेल,शेर बहादुर देउवा,गगन थापा, कृष्ण सिटौला,रामचन्द्र पौडेल,पुष्पकमल दाहाल,अग्नि सापकोटा,बाबुराम भट्टराई,नन्द बहादुर पुन,कृष्ण बहादुर महरा,राजेन्द्र महतो र उपेन्द्र यादव लगायतका सांसदहरु र नेताहरुको मात्र विकास र हित भएको छ।

सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र,संघीयता,सुकुम्बासी,जात-भात, धर्म,मधेसी,पहाडी, अधिकार र संविधानको नाममा नेपाली जनताहरुलाई झुक्याउन सम्म झुक्याएका छन।

मलाई सांसदहरु र नेताहरू जस्तै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, सुकुम्बासी,जात-भात,धर्म,मधेसी,पहाडी,अधिकार र संविधानको नाममा नेपाली जनताहरुलाई झुक्याउनु पर्दैन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया