९६ बर्षिय महिला नाजी युद्ध अपराधको संदिग्ध मुद्दाको सुनुवाइ भन्दा पहिले नै फरार

इनेप्लिज २०७८ असोज १४ गते ११:०७ मा प्रकाशित

जर्मनीमा ९६ बर्षिय महिला नाजी युद्ध अपराधको संदिग्ध मुद्दाको सुनुवाइ भन्दा पहिले नै फरार भएकी छिन ।

अदालतका प्रवक्ताका अनुसार ९६ बर्षिय जर्मन महिलाले दोस्रो विश्वयुद्धको क्रममा बन्दी शिविरमा सामूहिक हत्याको समर्थन र उक्साएको आरोपमा बिहीबार आफ्नो मुद्दाको सुनुवाइ हुनुभन्दा अगाडि भागेकी छिन ।

इरमगर्द फुर्च्नर १८ बर्ष हुँदा ११,४१२ जनाको हत्यामा योगदान गरेको आरोप लगाईएको छ । १९४३ र १९४५ बीचमा बन्दी शिविरमा उनि टंकनकत्री (टाईपिस्ट )रहेकी थिइन् ।

“आरोपी फरार छन्,” अदालतका प्रवक्ता फ्रेडरिक मिल्होफरले भने। “उनी बिहान सबेरै आफ्नो घरबाट रेलयात्रा गर्न सवारी साधनबाट निस्केकी थिइन् ।”

प्रवक्ताका अनुसार पक्राउ पुर्जी जारी भएको छ। उनको हालको ठाँउ अज्ञात छ। कुन ठाउँ हो भनेर केही जानकारी गराईएको छैन भनि सिएनएनले लेखेको समाचार लेखेको छ ।

प्रतिक्रिया