महिला अध्ययन केन्द्रको अध्यक्षमा पून: सीता ओझा चयन

इनेप्लिज २०७८ असोज १४ गते १०:३१ मा प्रकाशित

काठमाडौं।महिला अध्ययन केन्द्रले नयाँ कार्ययोजना सहित आफ्नो १३ औं साधारणसभा सम्पन्न गरेको छ।१३दऔं साधरण सभाबाट महिला सशक्तिकरणका क्षेत्रमा अहोरात्र खटिरहने वामपन्थी सक्रिय महिला लेखक,साहित्यकार एवम् टिप्पणीकार सीता ओझा पून अध्यक्षमा चयन भएकी छन्।

त्यस्तै प्रभादेवी ब्रजाचार्य उपाध्यक्ष,हेमलता मुड्भरी धिताल महासचिव,किसोर नेपाल कोषाध्यक्ष चयन भएका छन्।त्यसै गरि सदस्यहरुमा गोपाल कर्माचार्य,खिमा रिजाल र नारायणदेवी महर्जन चयन भएका छन्।

अध्ययन केन्द्रका नियमित काम,महिलासँग जोडिएका विभिन्न प्रकृतिका मुद्धाहरू,अग्रणी महिलाको अध्ययन अनुसन्धान,मेलमिलाप र मनोसामाजिक परामर्शका कामलाई व्यवस्थित गर्ने उद्धेश्यले महिला अध्ययन केन्द्रको नाममा थप संशोधन गर्दै ( महिला अध्ययन तथा अनुसन्धान केन्द्र साधारण सभाबाट प्रस्तावित गरिएको छ।

हरेक वर्ष हुने साधारणसभाले संस्थाको कार्य प्रगति प्रतिवेदन,वार्षिक बजेट तथा आगामी कार्यक्रम तय गर्ने गर्दछ भने संस्थाले आफ्नो नेतृत्व प्रत्येक चार वर्षमा निर्वाचन मार्फत तय गर्ने गरेको छ।यो तेस्रो निर्वाचन वर्ष र निर्वाचित कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ।संस्थाले आफ्ना सदस्यहरूको वृद्धि विकासलाई ध्यानमा राख्दै केही पुरानो नेतृत्व र केही नयाँ सदस्यहरूको समायोजन गरि नयाँ नेतृत्व चयन गरेको छ।महिला अध्ययन केन्द्रले आफ्नो संस्थाको प्रभावकारीताको लागि आगामी पाँच वर्षे रणनीति र वार्षिक कार्यनीति सहित अघि बढ्ने योजना बनाएको छ।

महिला अध्ययन केन्द्रले महिला हिंसा, विभेद,बालविवाह विरूद्ध र सुरक्षित महिनामारीका लागि देश व्यापी अभियान सञ्चालन गर्ने,महिलालाई उत्पादनसँग जोड्दै पारिवारिक संरचनाबाटै महिलाका हक अधिकारहरू सुरक्षित गराउने,महिलाको स्थान,मान,भुमिका र सहभागीताका लागि साहित्य र वाङ्ममयका क्षेत्रबाट समाज रूपान्तरणको अभियान सञ्चालन गर्न विभिन्न संघ,संस्था,स्थानीय निकाय ,प्रदेश र संघिय सरकारसगँ सहकार्य र ध्यानाकर्षण गराउने विषयहरूलाई प्राथमिकतामा राख्दै नवनिर्वाचित कमिटी निर्वाचित भएको छ।

प्रतिक्रिया