फिलिपिन्सका बिश्व चर्चित मुडकीबाज म्यानी प्याकिआओले खेलबाट लिए सन्यास

इनेप्लिज २०७८ असोज १३ गते ११:२५ मा प्रकाशित

फिलिपिन्सका बिश्व चर्चित मुडकीबाज म्यानी प्याकिआओले खेलबाट सन्यास लिएका छन् । ८ वटा तौल समुहका बिजेता रहेका प्याकिआओले सन्यास लिएको घोषणा गरेका छन् ।

उनले सेप्टेम्बर २९ का दिन बुधबार उक्त घोषणा गरेका हुन् । उनि हाल फिलिपिन्सका सिनेटर पनि हुन् । ४२ बर्षिय म्यानी अद्भुत विलक्षण प्रतिभा भएका योग्य तथा क श्रेणीका बक्सिङ्ग (मुडकी)खेलका प्रख्यात खेलाडी हुन् ।

उनले १४ मिनेटको एक श्रब्य दृश्य (भिडियो)सामाजिक संजालमा प्रकाशित गरि जानकारी गराएका छन् । उनले अब मुडकी पन्जा(बक्सिङ्ग ग्लोब )बन्द गर्ने भने । र बिश्वका समर्थक सबैलाई धन्यबाद दिदै फिलिपिन्सका जनताले गरेको समर्थन प्रति धन्यबाद दिदै अलबिदा भनेका छन् ।

यो स्वीकार गर्न मलाई गाह्रो छ कि एक बक्सर को रूप मा मेरो समय समाप्त भयो। आज म मेरो सेवानिवृत्ति घोषणा गर्दैछु भनेका छन् ।

उनले २६ बर्ष सम्म खेल खेले । ७२ वटा प्रतिस्प्रद्धामा ६२ वटा खेल जितेका छन् । ८ पटक पराजित भएका छन् भने २ वटा बराबारमा टुंगिएको थियो । उनले ३९ जनालाई घुडा टेकाएका थिए । उनले १२ वटा बिश्व उपाधि जितेका छन् ।

 

प्रतिक्रिया