अफगानिस्तानको काबुल बिश्व बिद्यालयमा महिलाहरुलाई अध्यापन र उपस्थिति हुन् प्रतिबन्ध गरेको छ ।
तालिबानले नियुक्त गरेको कुलपतिले गत सोमबार सेप्टेम्बर २७ का दिन उक्त घोषणा गरेका हुन् । अफगानिस्तानका महिलाहरुलाई सार्वजनिक जीवनबाट बाहिर राखीएको नयाँ कदममा काबुल युनिभर्सिटी(बिश्वबिद्यालय)मा महिलाहरुलाई अब उप्रान्त कक्षामा पढाउन वा काम गर्न अनुमति दिइने छैन भनि सिएनएनले समाचार लेखेको छ ।
मोहम्मद अशरफ घैरतले आफ्नो आधिकारिक सामजिक संजाल ट्विटर खातामा भने, “जब सम्म सबैको लागी वास्तविक इस्लामिक(मुसलमानी) वातावरण उपलब्ध हुदैन ,महिलाहरुलाई विश्वविद्यालयहरुमा काम गर्नको लागी अनुमति दिईने छैन।”
त्यस भन्दा पहिले सोमबार घैरतले पश्तो भाषामा ट्वीट गर्दै विश्वविद्यालयले महिला विद्यार्थीहरुलाई समायोजन गर्ने योजनामा काम गरिरहेको छ भनेका थिए ।
“महिला अध्यापन गराउने प्राध्यापक (उपदेशक -लेक्चरर)हरुको कमीको कारणले हामी पुरुष उपदेशक (लेक्चरर)हरुलाई एक कक्षामा पर्दा पछाडिबाट महिला विद्यार्थीहरुलाई पढाउनको लागी एक योजनामा काम गरीरहेका छौं। यस प्रकार महिला विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्नको लागी एक इस्लामिक वातावरण बनाईनेछ,” उनले ट्विटरमा लेखेका छन् ।
तालिबानले काबुल विश्वविद्यालयको कुलपति(चान्सलर)को रूपमा उनको नियुक्ति प्रति प्रमाणको कमीको कारण अत्यधिक आलोचनाको आएको छ
प्रतिक्रिया