धनगढी,असोज १०÷युगअस्त्र दैनिकका प्रकाशक÷सम्पादक वीरेन्द्रबहादुर रावलले ४४औं जन्मउत्सव कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरमा मनाउनु भएको छ।
उहाँले जन्मउत्सवका नाममा पछिल्लो समय र्फजुल खर्च बढ्दै गएको बताउँदै त्यसको अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि हरेक वर्ष रचनात्मक तरिकाले जन्मउत्सव मनाउँदै आएको बताउनु भयो।उहाँले भन्नुभयो—पछिल्लो समय जन्मदिन र चडपर्वका अवसरमा र्फजुल खर्च गर्ने नेपालीहरुको बानीको अन्त्य गराउन सन्देश दिनका लागि र सहाराबिहीनहरुको साहरा बन्न विभिन्न चाडपर्व र अवसारलाई रचनात्मक बनाउनु पर्दछ।
उहाँले सहारा घरले सडकमा बेबारिसे अवस्थामा रहेका मानसिक सन्तुलन बिग्रिएका,आफन्त गुमाएकालाई सहारा दिदै आएको बताउँदै सेवक बलबहादुर विष्टलाई आफूले सहयोग गर्ने बताउनु भएको छ।उहाँले भन्नुभयो— नेपालीहरुका लागि सहारा घर प्रेरणाको स्रोत हो।त्यसैले सहाराविहीनहरुको उद्धार गरेर सहारा बन्दै आएको सहारा घरमा सरकारको नजर जानुपर्ने देखिन्छ।पत्रकार रावलले सहारा घरमा ४४औं जन्मउत्सव मनाउँदै एक जना बृद्ध महिला र एक बृद्ध जना पुरुषलाई केक पनि खुवाउनु भएको हो।उहाँले जन्मउत्सवको अवसरमा सहारा घरले उद्धार गरेर सेवा गर्दै आएका १ सय १० जना मानसिक सन्तुलन बिग्रिएका आफन्त गुमाएका बृद्धबृदा,महिला,पुरुष र बालबालिकालाई खाना खुवाउनु भएको छ।
उहाँले जन्मउत्सव, चडपर्वलगायतका विशेष अवसरमा यत्ता विभिन्न खालका रचनात्मक कार्यहरु गर्दै आउनु भएको छ।उहाँले योभन्दा पहिले कोरोना महामारीको बेला हातमुख जोड्न समस्या भएका विपन्न परिवारलाई पनि रहात वितरण गर्नुभएको थियो।
सहारा घर बारे जानकारी दिदै सेवा बलबहादुर विष्टले जन्मदिने आमाबुबा प्रति प्रार्थना गर्दै पत्रकार वीरेन्द्रबहादुर रावललाई धन्यवाद दिनुभएको छ।उहाँले सहारा घरमा मानसिक सन्तुलन बिग्रिएका,आफन्त गुमाएका १ सय १० जना महिला, बालबालिका तथा बृद्धबृद्धाहरु रहेको बताउनु भयो।उहाँले सहाराविहीनहरुको सहारा बन्नका लागि सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ।
प्रतिक्रिया