गायिका रानी शाक्यको नेवारी गीत ‘कुचु कुचु मी: ‘सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ असोज १० गते १२:०४ मा प्रकाशित

काठमाडौं।पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छन्।पप,आधुनिक,डान्सिङ,लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपाल भाषाको गीत ‘कुचु कुचु मी: ‘को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो।

नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय,नेपाल भाषाका लोकप्रिय भिडियो निर्देशक राजन शाही,गीतकार शैलेन्द्र श्रेष्ठ,रमेश जोशी ,नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको उपस्तिथीमा ‘कुचु कुचु मी: ‘ को म्युजिक भिडियोको सार्वजनिक गरिएको हो।

शैलेन्द्र श्रेष्ठको शब्दरचना,भुपेन्द्र बज्राचार्यको संगीत ,एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेको भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ।

भिडियोलाइ रानी शाक्य (Rani Shakya) च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया