विराटनगर,८ असोज।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सो अवधिमा ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनसार आज पनि सबै भन्दा बढी झापा ७३ मा र पालिका मध्ये सबै भन्दा बढी विराटनगरमा ४२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।
सो अवधिमा सुनसरीमा ६६,मोरङमा ५८,इलाममा आठ,धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकःएक र प्रदेश बाहिरका दुई जनामा सङक्रमण देखिएको छ।
प्रदेशमा आजै २५६ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । सङ्क्रमणमुक्त्त हुनेमा १२९ महिला र १२७ पुरुष रहेका छन्।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया