कतारबाट “भाग्य लेख्ने मसि” लिएर आए मानसिङ निर्दोश

इनेप्लिज २०७८ असोज ७ गते २१:४८ मा प्रकाशित

भोला थापा क्षेत्री,दोहा । मानसिङ निर्दोश (परियारको) शब्द रचनामा रहेको लोक दोहोरी गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ ।

जसमा पुर्ण समायोगको संगीत रहेको छ भने मानिसिङ निर्दोशको संगीत संयोजन रहेको छ । भाग्य लेख्ने मसी’मा गायिका गुना मगर “निशु” र मानसिङ निर्दोसको स्वर रहेको छ ।

यस गीतको रेकर्डिङ तथा मिक्सिङ (सम्पादन)अमृत चापागाईंले गरेका छन् ।

प्रवासमा आफ्नो व्यस्त समयको बाबजुद पनि गायक तथा रचनाकार मानसिङ निर्दोश परियार लोक क्षेत्रमा लागि परेका छन ।

भाग्य लेख्ने मसीको रेकर्डिङ भने दोहामा रहेको डाईनमिक रेकर्डिङ स्टुडियो कतारमा रेकर्ड गरिएको हो ।

प्रकाश दर्नाल “शितल”को छायाँकन तथा निर्देशनमा मा उक्त भिडियो निर्माण भएको हो ।

म्युजिक भिडियोमा पुष्पकमल सेन्चुरी, गुना मगर “निशु” र मनराज दर्नालले खुलेर अभिनय गरेका छन ।

भिडियोमा लाईट रोहन तामाङ, कोरियोग्राफर चित्र बहादुर जिसी साथै टेक्निकल सपोर्ट भने विमल क्षेत्री ओली र आयुस कुमाकि को रहेको छ ।

भिडियोलाई HSS Group Entertianment को यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस ; 

प्रतिक्रिया