विधान महाधिवेशन लगायतका विषयमा छलफल गर्न एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

इनेप्लिज २०७८ असोज ७ गते १०:३७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले भोलीका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने कार्यालय सचिव तामाङले बताएका छन् ।

प्रतिक्रिया