विराटनगर,६ असोज(रासस):एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कुल रु.चालीस अर्व आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ।
सो अवधिमा कार्यालयले रु.छयालीस अर्व १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७६÷७७ को तुलनामा रु.१२ अर्व ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताउनुभयो।
उहाँका अनुसार सो वर्ष कुल रु.२८ अर्व ३६ करोड ३४ लाख २९ हजार राजस्व सङ्कलन भएको थियो।सोही वर्ष कार्यालयले कुल रु.४९ अर्व ६४ करोड ६० लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.२१ अर्व २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो।
कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७४ः७५ मा रु.३२अर्व ८१ करोड ३० लाख ८३ हजार राजस्व सङ्कलन भएको थियो भने सो अवधिमा रु.३१ अर्व २४कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु.एक अर्व ५६ करोड ८२लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो।
यस्तै,आर्थिक वर्ष २०७५ः७६ मा कुल रु.४२ अर्व ५३ करोड १९ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.३८ अर्व २८ करोड ९४ लाख ८८ हजार मात्र राजस्व सङ्कलन गरेको थियो।
यसैगरी,चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा कुल रु सात अर्व २१ करोड ९४ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ।सो राजस्व साउन महिनामा रु तीन अर्व ३४ करोड ९६ लाख ९८ र भदौमा रु.तीन अर्व ८६ करोड ९७ लाख १३ हजार सङ्कलन भएको हो।यी दुई महिनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०७४ः७५ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल सो कार्यालयले आर्थिक वर्ष २०७५ः७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिना देखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो भने गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो।
उहाँले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गर्नुभयो।
प्रतिक्रिया