प्रचण्ड र देउवाबीच भेटवार्ता

इनेप्लिज २०७८ असोज ५ गते ११:२४ मा प्रकाशित


काठमाडौं।प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रीपरिषद् विस्तार लगायतका समसामयीक विषयमा छलफल भएको छ।

सरकार गठन भएको करिब तीन महिना पुग्थ्नै लाग्दा समेत मन्त्रीपरिषद गठन हुन सकिरहेको छ्रैन।सत्तागठबन्ध दलबीच मन्त्रालयको भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषदको कुरा मिल्न सकिरहेको छै।गठबन्धनमा सहभागी दलहरुले राजनीतिक अध्यादेश फिर्ता हुनु पर्ने,मन्त्रालयबीच भागबन्डा भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउँदै आएका छन्।

सरकार गठन भएको लामो समयसम्म मन्त्रीपरिषद गठन हुन नसक्दा १७ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा एक्लैले समाल्दै आएका छन्।जसको कारण मन्त्रालयको नियमति कामकाज प्रभावित हुँदै आएको छ।साथै मन्त्रीपरिषदले पूर्णता नपाएको भन्दै सरकारको चौतर्फी आलोचना हुँदै आएको छ।

प्रतिक्रिया