‘कुष्ठ रोग श्रापले होइन किटाणुले हो’

इनेप्लिज २०७८ असोज ५ गते १०:४६ मा प्रकाशित

विराटनगर,५ असोज:कुष्ठ रोग श्राप र पुरानो कर्मबाट नभई किटाणुबाट लाग्ने भएकोले यसको उपचारबाट निको हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ।

शरीरको छालामा देखा परेको दाग र गिर्खालाई चलाउँदा नचिलाउँने र थाहा नपाउने भएमा कुष्ठ रोग हुन सक्ने भएकोले अविलम्व चिकित्सकसँग सम्पर्क गर्न आज यहाँ आग्रह गरिएको छ।प्रदेश नं १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित कुष्ठ रोग तथा हात्तीपाइले रोग सम्बन्धी पत्रहरुसँगको अन्तरक्रियामा आँखाले देख्न नसकिले ‘माइकोव्याक्टेरियम लेप्रे’ नामको सुक्षम किटाणुबाट लाग्ने कुष्ठ रोग कम सर्ने सरुवा रोग भएकोले समयमा औषधि सेवन नगरे बिरामी अङ्गभङ्ग हुने गर्दछन्।

यो रोग सरेको दुई वषदेखि पाँच बर्षभित्र यसको चिन्ह र लक्षण देखापर्ने हुनाका साथै कुष्ठरोगी बिरामीसँग सम्पर्कमा आउने व्यक्त्तिलाई श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्ने सम्भावना रहेको कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनु भयो।यो रोग औषधिको सेवनबाट ९९ दशमलव ९७ प्रतिशत निको हुने मानव जातिमा लाग्ने पुरानो रोग हो।औषधि सेवनबाट ठिक नभएका ४५ जना कुष्ठ रोगीलाई आनन्द वन अस्पताल टिकाभैरव काठमाण्डौमा थप उपचार भैरहेको अधिकृत राजवंशीले जानकारी दिनु भयो।

मोरङ जिल्लामा आर्थिक वर्ष २०७७।७८ मा १३१ कुष्ठ रोगी देखा परेका छन् जसमध्ये विराटनगरमा ५१,कटहरीमा–चार,बेलबारीमा पाँच,रंगेलीमा आठ, पथरीशनिश्चरेमा चार,रतुवामाईमा आठ,सुनबर्षीमा छ,उर्लाबारीमा छ, सुन्दरहरैचामा सात,वुढीगंगामा एक,धनपालथानमा छ,ग्रामथानमा एक,जहदामा चार र कानेपाखरीमा पाँच जना रहेका छन्।

प्रतिक्रिया