बेलायतबाट पारुले ल्याईन ‘यो माया होइन र’ ( भिडियो )

इनेप्लिज २०७८ असोज ५ गते १०:१६ मा प्रकाशित

काठमाडौं– करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र मनोज थापा मगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ भने गायक मनोज थापा मगरले नै गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन्। बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ,मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया