बुद्ध लामाको ‘चन्चली ‘मा आनन र कुसुम ( भिडियो )

इनेप्लिज २०७८ असोज ४ गते २१:१३ मा प्रकाशित

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत ‘चन्चली ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ।अविनाश राइको शब्द,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा हिट गीत फुलबुट्टे सारीका मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ।भिडियोमा कुसुम र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ।

सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको ‘तिमी आउने जाने’ पनि हिट भएको थियो।’चन्चली ‘ भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन।बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम (NEPALESE EXTREME ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया