वित्तीय साक्षरतामा केसीले पाए अमेरिकामा अवार्ड

इनेप्लिज २०७८ असोज ४ गते १८:४५ मा प्रकाशित

लसभेगास सेप्टेम्बर १९ ।  अमेरिकामा पछिल्लो समयमा नेपाली समुदायमा वढदै गएको विमा व्यवसायमा गगन केसीले लोभ लाग्दो सफलता हासिल गरेका छन् ।

टेक्सासमा व्यावसायिक छवि वनाएका केसीले नेपाली समुदायमा जीवन विमाको वहुआयामिक पाटोको वारेमा चर्चा गर्ने गरेका छन । नेपालमा रहदा वित्तीय क्षेत्रमा योगदान गरेका केसीले अमेरिकामा रहेका नेपालीहरुलाई वित्तीय साक्षरताको आवश्यकता रहेको वताउँछन् ।

त्यसैमा उनले एक वर्षको अवधिमा हासिल गरेको उपलब्धि र सफलताका सफलताको कथा सहित प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा समेत आफनो अनुभव साटन पाएका छन् ।

अमेरिका भरिवाट लसभेगासमा भेला भएका करिव ३ हजार वीमा अभिकर्ताहरुको भेलामा उनले जीवन विमा र त्यसमा हुने लिभिङ्ग वेनिफिटको कारण समुदायमा लोकप्रिय वनेको वताएका थिए । उनी सहित करिव एक दर्जन नेपालीहरुको सहभागिता भएको उक्त कार्यक्रममा कम्पनीका सिनियर अफिसरहरुले गगनको लगाव र परिश्रमको वारेमा समेत चर्चा गरेका थिए ।

केसीले रुकि वेससप अवार्ड,फस्र्ट डाईमण्ड अवार्ड,फोकस अन फोकस अवार्ड लगायतका अवार्ड समेत प्राप्त गरेका थिए ।अमेरिकामा नेपाली समुदायले कसैको मृत्युवरणमा गो फण्ड खोल्नु भन्दा सानो तिनो प्रिमियम तिरेर आफनो र परिवारका लागि सहज वनाउनु पर्ने केसीको भनाई रहेको छ ।

अझ कुनै डरलाग्दो रोग लाग्यो या दुर्घटनामा जीवनले नाटकीय मोड लिएको खण्डमा समेत परिवारलाई थप आर्थिक वोझ नपार्न लिभिङ्ग वेनिफिट भएको प्याकेज लिनु पर्ने केसीको भनाई रहेको छ ।

प्रतिक्रिया