व्यवसाय सीप विकास तालिम सम्पन्न

इनेप्लिज २०७८ असोज ३ गते १३:४४ मा प्रकाशित

विराटनगर,३ असोज।सुनसरीको बराहक्षेत्रमा व्यवसाय सीप विकास तालिम सम्पन्न भएको छ।

साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित तालिममा बर्जु गाउँपालिका, दुहबी नगरपालिका तथा बराहक्षेत्र नगरपालिकाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण कमला न्यौपाने,पशु प्राविधिक रुप नारायण मेहता तथा कोकन का कार्यक्रम संयोजक हेमन्तराज पौडेलले गर्नु भएको थियो।तालिमका सहभागिहरुले बंगुरपालन र होटल व्यवसाय गर्ने कार्य योजना समेत निर्माण गरेका थिए।

तालिम भदौ २९ देखि असोज २ गते सम्म आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक पौडेलले बताउनुभयो।

प्रतिक्रिया