मोरङ,१ असोज(रासस):विराटनगरको वडा नं ११ को नहर क्षेत्रमा खुल्ला दिशामुक्त क्षेत्र नारामा मात्र सिमित भएकोले अनुगमन गर्न सहभागीहरुले सुझाव दिएको छन्।
विराटनगर–११ वडाको आज आयोजित बार्षिक समीक्षा गोष्ठीमा सहभागीहरुले टोल संगठनका सदस्यहरुले स्वास्थ्य उपचारका सम्वन्धमा जनचेतना जागृत गराउनु पर्ने,विकास निर्माण कार्यमा नागरिक समाजलाई प्रतिनिधित्व गराउनु तथा बर्षातको समयमा हुने डुवान नियन्त्रणका लागि अविलम्व नालाको निर्माण गरि निकास दिनु पर्नेमा जोड दिएका छन्।
महानगरका पमुख प्रशासकिय अधिकृत उमेश वस्नेतले वडा नं ११ नै पहिलो समीक्षा गोष्ठी गरेको बताउदै कानुनको पालना गरि पारदशी र सुशासन प्रवद्र्धन गर्नु जनप्रतिनिधिको उत्तरदायित्व भएको बताउनु भयो।
प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले वडामा देखिएका समस्या समाधानमा नागरिकबाट प्राप्त सुझावको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो।
वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले कोरोना महामारीले विकासमा अवरोध सिर्जना भएपनि वडावासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखि जनसहभागितामा विकासको कार्य गरेको प्रष्ट पार्नु भयो।
-मनोज दाहाल
पत्रकार
प्रतिक्रिया