सहकारीले आर्थिक समृद्धिका लागि आयआर्जनमा लगानी गर्नुपर्छ–प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७८ असोज १ गते २१:५४ मा प्रकाशित

विराटनगर,१ असोज।प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सहकारीले समाजमा समृद्धि कायम गर्न आयआर्जन कार्यमा लगानी गर्नुपर्ने बताउनु भएको छ।

राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि.वुढीगंगा–१ टंकीसिनवारी मोरङको २१ औं बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण रहेकोले तालीम सञ्चालन गरी स्वरोजगार कार्यमा ध्यान केन्द्रीत गर्नु पर्ने आवश्यक्त्ता औल्याउनु भयो।

प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एक आपसमा विश्वासिलो बातावरण कायम गरी घर,टोल, समाज राष्ट्रलाई समृद्धि बनाउने अभियानमा जुट्न आग्रह गर्नु भयो।

संस्थकी अध्यक्ष तारादेवी राई,नेकपा एमालेका प्रदेश सह सचिव विनोद ढकाल, राष्ट्रिय सहकारी बैंकका पूर्वअध्यक्ष रमेशप्रसाद पोखरेल,डिल्ली पोखरेल लगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु भयो।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका जेष्ठ नागरिक ६९ जना,जेष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला शेयर सदस्य १२ गरी ८९ जनालाई दोसल्ला एवं सम्मानपत्रद्वारा सम्मानित गर्नु भयो।

विस २०५७ मा ९५ सदस्यहरुबाट रु २० संकलन गरिएको सञ्चालन गरिएको उक्त्त सहकारीमा अहिले समावेशीको आधारमा ९०२ जना शेयर सदस्यहरु रहेका छन्।शेयर सदस्यहरुमध्ये महिला ९०० रहेका छन्।

संस्थाले चाल आर्थिक बर्षको अहिलेसम्म रु १० करोड ५३ लाख ३९ हजार ४२७ बचल संकलन गरेको तथ्याङकमा उल्लेख गरिएको छ।

नेपालमा ७२ लाख मानिस सहकारीका सदस्य रहेका छन्।

प्रतिक्रिया