काठमाण्डौ।तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि संबिधान सम्सोधन गर्नु पर्नेमा जोड दिएको छ।परिवार दल निकट युवाहरुको संगठन पीस फोर्सले आज आयोजना गरेको पाटी प्रबेस तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको बताए।उनले यसो हुनमा मुलुकको शासकिय स्वरुप रहेको उल्लेख गदै यसलाई संबिधान संशोधन मार्फत परिर्वतन गर्नु पर्नेमा बताए।उनले अव देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन र पूर्ण समानुपातिक निर्बाचन प्रणालीको ब्यबस्था गर्नु पर्नेमा जोड दिए ।
नेता ढकालले युवा शक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।उनले भने ‘युवा शक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ ढकालले भने,‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा,त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए।ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए।
ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे।दलका प्रवता सन्तोष कुमार पौडेलले आजका युवाहरुले नयाँ नयाँ परिवर्तन चाहने गरेको बताए।पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने,नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए।दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देश प्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।
राष्ट्रिय युवा संघका जिल्ला स्तरिय नेता परिवार दलमा प्रबेस
यसैबीच नेकपा एमालेको भातृ राष्ट्रिय युवा संघका जिल्ला स्तरिय नेता परिवार दलमा प्रबेस गरेका छन्।उनीहरुलाई दलका अध्यक्ष एकनाथ ढकालले खादा तथा पार्टीको सदस्यता प्रदान गदै पार्टी प्रबेस गराए।यसरी पार्टी प्रबेस गर्नेहरुमा राष्ट्रिय युवा संघका रामेछापका जिल्ला सदस्य बासुदेव घिमिरे जिल्ला सदस्य बिष्णु घिमिरे काभ्रे जिल्ला सदस्य सुसिल सैजु यस्तै एमाले रामेछाप सुनापति काठमाण्डौ सम्र्पक समितिका सचिब राम कुमार मैनाली त्यस्तै अन्य पाटीहरुबाट रोसन श्रेष्ठ,बिरज खनाल गोरखा,बिजय लामा भक्तपुर,सुदिप घिमिरे आशिष दाहाल लगायतका युवाहरु परिवार दलमा प्रबेस गरेका छन्।
पीस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा नब प्रबेसी रामकुमार मैनालीले ठूला राजनीतिक दलका भातृ संगठन अर्ध शैनिक बल बनको बताउँदै आफु परिवार दलको सदस्य बन्न पाएकोमा खुशी ब्यक्त गदै शान्तिको माध्यमा बाट युवाहरुलाई परिर्वतनको बाटोमा ल्याउन पीस फोर्समा आवद्ध भएको बताए।सो प्रशिक्षण कार्यक्रम पीस र्फोसका महासचिव नोगेन्द्र खतिबडाले सञ्चालन गरेका थिए।
प्रतिक्रिया