निरुता र दिनेश अभिनित ‘भन्देउ हजुर’ भिडियो सार्वजनिक

इनेप्लिज २०७८ भदौ ३० गते २२:०४ मा प्रकाशित

गायिका प्रतिमा केसीको नयाँ गीत ‘भन्देउ हजुर’ सार्वजनिक भएको हो।

‘भन्देउ हजुर’को भिडियो आहा टिभी युट्युब च्यानलबाट सर्वाजनिक भएको हो। गीतमा प्रतिमालाई राग पौडेलले साथ दिएका छन्।सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन्।

गायिका प्रतिमाको यो दोस्रो गीत हो।यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन्।प्रतिमाका ‘आमा’,‘लजाएर लुकी लुकी’,‘रिम झिम’,‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन्।

सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन्।उनीहरुलाई निदेश कठायत र दीपक सापकोटाले पनि सथा दिएका छन्।भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन्।

भिडियो

प्रतिक्रिया