कलाकार सरोज खनालको खनालकै परिकल्पना र अभिनय तथा गायक मदन कृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ। गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनको गीत सार्वजनिक भएको हो।
केन्द्र मोसन पिक्चर्स तथा राजेन्द्र वाग्लेको संयुक्त प्रस्तुतिको रुपमा गीत सार्वजनिक भएको हो। बमकुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन्।
सरोज खनालको एकल अभिनयमा सार्वजनिक भएको गीतको भिडियोमा आफ्नो जीवनको उत्तरार्धमा पुगेको कलाकारको मनोविज्ञान र उसले भाग्ने नियतीलाई प्रस्तुत गरिएको छ।
गीतको भिडियोलाई राज केसीले निर्देशन गरेका हुन्। भिडियोको प्रारम्भमा प्रयोग भएको कविता भने रमण घिमिरेको रहेको छ।
प्रतिक्रिया