कविता:मैन शीखा

सुशील नेपाल २०७८ भदौ २८ गते २२:२३ मा प्रकाशित
तिमी शीखा वनेर बली रह्यौ,
म मैन वनेर पग्ली रहें,
बली रहेको मैनको
 त्यो शीखा
बल्नु उस्को नियति
पग्लनु मैन को
विवसता
र चूहिंनु
तप तप !
दुख्नुको पनि त हद हुन्छ,
पोलीनुको पनि सिमा हुन्छ,
लु भन् सम्झौंता कसरी गरौं,
तिमी बली राख,
म पग्ली रहन्छु ।
न हतासा, न दुख:को आभाष,
साना साना किरा फट्यांग्राहरू,
उत्साहको आवेगमा
त्यो शीखालाइ चुम्न खोज्दा,
झुल्सेर प्राण त्यागछन् !
ति शीखाका प्रेमी हुन्,
भूल्न चाहन्छन् त्यसैमा,
त्यो आगोले तिन्लाई पोल्दैन,
पोलीनुमै छ तिन्को
सार्थकता ।
यो भूगोलको उत्सवमा
वलेको शीखाले,
मैनसंग सम्झौता गरेको छ,
म निर्वाध बली राख्छु,
तिमी चुपचाप पग्ली राख,
मेरो पिडाले तिम्लाई न छोओस,
यो त मेरो नियति नै हो,
पग्लनु र तल झर्नु
तिम्रो नियति,
चुहिनु ,
तप तप !!
त्यो भ्रमको प्रेम,
बास्तविकता मैनलाइ थाहा छ,
आकर्षणले झुक्याँउछ,
काधँमा वोकेर आगो,
चुपचाप पग्लिन तयार छ,
मैन,
यो संकल्पको यथार्त,
मैनको नियति,
पग्लनु जम्नु फेरि जम्नु ।
९/१२/२१
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,
अमेरीका
चित्र सौजन्य: विमल नेपाल

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया