अमेरिकी खुला टेनिस प्रतियोगितामा डानिल मेडवेडेवले नोभाक जोकोभिकलाई सिधै ३ खेल हराई बिजयी

इनेप्लिज २०७८ भदौ २७ गते २३:५२ मा प्रकाशित

अमेरिकी टेनिस खुला प्रतियोगिता २०२१ मा बिश्व कै दोश्रो वरियताका खेलाडी डानिल मेडवेडेवले बिश्वकै शीर्ष खेलाडी नोभाक जोकोभिकलाई सिधै ३ खेलमा हराएका छन् ।

जोकोभिकलाई हराई मेडवेडेवले २०२१ को अमेरिकी टेनिस खुला प्रतियोगिता जितेका छन् । मेडवेडेवले आइतबार सम्पन्न पुरुष तर्फ भएको अन्तिम निर्णायक खेलमा ६-४ ,६-४ ६-४ ले हराई पहिलो पटक शानदार खेल प्रदर्शन गरि यो उपाधि हात पारेका छन् ।

रुसका टेनिस खेलाडी एकल खेलमा बिजयी हुने तेश्रो खेलाडी भएका छन् । २५ बर्षिय मेडवेडेवले तेश्रो प्रयास पछि पहिलो पटक वैभवशाली उपाधि हासिल गर्न सफल भएका हुन् ।

बिजयी भए पछिउनलाई चमत्कारिक शक्ति प्रदान गर्ने आफ्ना साथीभाई,परिवार र आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले मन्तब्यको अन्तिम मा आफ्नी पत्नीलाई बार्षिकोत्सवको शुभकामना दिएका थिए ।

“प्रतियोगिताको दौरान म वर्तमान वा केहीको बारेमा सोच्न सकिन, तर यदि म पराजय भएमा मैले वर्तमानको बारेमा सोच्नु पर्छ,” मेडवेडेवलेभने।

श्रोत :सिएनएन

प्रतिक्रिया