बल्ल ह–त्यारा प–त्ता लाग्यो । भतिजो नै परे प–क्राउ । न–सोचेको र–हस्य खु–ल्यो । (भिडियोसहित)

इनेप्लिज २०७८ भदौ २६ गते ११:५२ मा प्रकाशित

संखुवासभा ।संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको छ।

लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण हत्या भएको जनाएको छ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको जनाइएको छ।

यद्यपी प्रहरीले घटनाका आरोपित पक्राउबारे औपचारिक जानकारी दिएको छैन।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो।

प्रतिक्रिया