कांग्रेस प्रवक्ता शर्माले गरे महामन्त्रीको उम्मेद्वारी घोषणा

इनेप्लिज २०७८ भदौ २५ गते १०:२६ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आशन्न १४ महाभिवेशनका लागि महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

प्रवक्ता शर्माले आज वीपी स्मृती दिवसको अवसरमा सुन्दरीजल पुगेर उक्त घोषणा गरेका हुन्। ‘अब अधिवेशन आउन धेरै दिन पनि छैन।फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि हुँदैन,त्यसैले म उम्मेदवारी घोषणा गर्दैछु,’ शर्माले देउवालाई भेटेर भनेका थिए । तर, शर्मा देउवाकै प्यानलबाट महामन्त्री बन्ने वा अरु समूहबाट भन्ने प्रस्ट छैन।

यस अघि कांग्रेस सांसद गगन थापाले पनि महामन्त्रीका लागि उम्मेदेवारी घोषणा गरेका थिए।

प्रतिक्रिया