बा सम्झेर मुग्लानबाट

विकास थापा २०७८ भदौ २१ गते १९:३८ मा प्रकाशित

सॅाच्चै बा !
जति म नियाल्दै जान्छु जीवनको जीजिविषा
उति नै महान् लाग्दछन् तपाईंका ती सपना
उती नै साहसिक लाग्दछन्
दु:खसॅग साटिएका तपाईंका ती पाइलाहरू

ॲासुले बल्ने टुकी बालेर
नकोरेको भए जीवनको लक्ष्य
कनीकनी क ख ग सिक्दा
नपचाएको भए ती थप्पड र गाली
कसरी पढ्दो हॅु मैले फराकिलो क्षितिज
कसरी देख्दो हॅु मैले आफू हिॅडने गोरेटो
कसरी सिक्दो हॅु मैले पसिना रोप्ने सीप
कसरी खोज्दो हॅु मैले सङ्घर्षभित्र मोती

सॅाच्चै बा !
मैले दिनहॅु हराउॅदा एउटा पेनसिल
कति हराउॅदा हुन् तपाईंका सपना ?
मैले दिनहॅु च्यातिॅदा किताब र कापी
कति च्यातिॅंदा हुन् तपाईॅका इच्छा र चाहना ?
त्यही दु:खको पसिना बेच्दाबेच्दै
यदि रित्तिएको भए आमाको पटुकी
कसरी पो लेख्न सक्थे
आज मैले यी कविता ?

सॅाच्चै बा !
जीवनभरका पदचापहरूमा
पोखिएका ती ॲासु र पसिना
सॅगाल्न पाए हाम्रै मर्स्याङ्दी बॅाधभित्र
ल्याउनुहुन्थ्यो चलाउन फेवातालको डुङ्गा
खसाल्न पाए थ्रि ग्रजेजको टर्बाइनबाट
निकाल्नु हुन्थ्यो देशलाई पुग्ने बिजुली
उज्यालो हुन्थ्यो कि कतै लोडसेडिङ्को देश ?

बा !
कति छन् अझै आशाका सपना ?
कति छ बोक्न अझै जीवनको भारी ?
बोक्ने कॅाध पनि त फुटी सक्यो
हिंड्ने पैताला पनि त चिर्री सक्यो

पीडा हुन्छ बा !
फाटेको धोतीलाई गिज्याइरहन्छ
त्यो माघ महिनाको सिरेटो
फाटेको टोपीले दिनहॅु टोलाइरहेछ आकाश
कोदालीको बिॅडमा नै फुलिसक्यो जीवन
तैपनि अझै थाकेका छैनन् तपाईॅका नाडी
हारेका छैनन् दृढ सपनाहरू ती

घॅास काट्दा कति काट्नुभयो होला
बाटो छेक्ने ती बारहरू ?
गोबर फाल्दा कति फाल्नुभयो होला
जीवनमा भोगेका ती हारहरू ?
हलो जोत्दा कति जोत्नुभयो होला
जीवनरूपी ती भाग्य ?
भोकै पेट कति हिॅड्नुभयो होला ?
जीवनको त्यो उकाली ओराली
पानीसॅगै कति पिउनुभयो होला ?
साहुका ती दुष्टवचन

सॅाच्चै बा !
तपाईॅले जस्तै पसिना
सकेको भए पोख्न माटोमा यहॅी
खबुज टोक्दै अरबी भूमिमा
किन ओइलाउॅथ्यो र पटकपटक सपना

अचेल त बा !
सुनसान छन् ती
खेतका आली , समाह र सुसेली
उदास छन् गौंडा , कुला र मुहानहरू
एक्लै छन् गोठ,भकारो र कटेरो
खोजिरहन्छन् त तपाईॅलाई सॅधै

म त तपाईॅको सपना फुलाउन
आइसके बा शहरतिर
कोठामा खुम्चने लहर चलेर

-विकास थापा
पेन्सलभेनिया , अमेरिका

प्रतिक्रिया